- अकासको आगो पतालको पानी मुख बाट ताने नाक बाट जाने = हुक्का तानेको।
- अजङ्गे बाबु, बझाङे छोरो, कालो नाती सेतो पनाति = कटुसको फल।
- आमा छाद्छे, छोरी खान्छे-गाग्रीबाट लोटामा पानी सारेको।
- आमाको रगतमा छोरी पकाइ खान्छु के हो? =तोरीको तेलमा तोरीकै साग पकाएको
- एक खुट्टे धामी थरथरी कामी-जूको।
- खाउँ रोटी खाइ नसक्नु, दाउँ बहर दाई नसक्नु, टेकौं लौरो टेकिनसक्नु, -घाम, बाघ र सर्प।
- तीन भाइको एउटै पगरी-ओदान।
- धार्नी न बिसौली दुई हातले उचाली-टोपी।
- नखाउँ भने दिनभरको सिकार खाउँ भने कान्छा बाउको अनुहार = बाँदरको सिकार।
- नाङ्लो भरी सुपारी, गन्नै नजान्ने व्यापारी = जून र तारा।
- बीस तत्त्व एउटै घाउ यति कथा नजाने मुसा पोली खाऊ-गोरू जोतेको।
- भुईंमा इऊँ इऊँ टिपी ल्याउनेलाई सय रूपियाँ दिऊँ-छायाँ।
- यहाँ नाई त्यहाँ नाई बनियाँको बजारमा नाई, खोजि गए पाईदैन आईगए चाईदैन के हो?= भुँईचालो
- लिखितिखी लिखितिखी आमा भन्दा छोरी तिखी-जीरे खुर्सानी।
- लेककी चरी औलामा झरी च्यापमा परी भुतुक्कै मरी-जुम्रा मारेको।
- वरपर गुट्टी माझमा घ्वाईं, यति कथा नजान्ने स्यालको ज्वाईं। के हो? = दाँत र जीभ्रो।
- वारी भर्याीङ पारी भरया ङ तेरो बाउको लुते करङ-बाँसको फड्के (पूल)।
- सेती गाई पानी खान गई फर्केर आउँदा राती भई = सेलरोटी पकाएको।
- सेतो मान्द्रो कालो बिस्कुन मुखबाट तान्दा नाकबाट निस्कुन् = चुरोट खाएको।
- हस्तबीरले सिंगबीरलाई पछार्योु-सिँगान फ्याँकेको।
- माथिबाट आए सिंह राज शाही, तलबाट आए पाँचै भाई, सिँह राज शाहीले पछराई पाई के हो? =सिँगान फालेको
- लाटोले बाटोमा फाल्छ, बाठोले खल्तिमा हाल्छ के हो? =रुमालले सिँगान पुछेको
- तामे नल फलामे फल के हो? = फापर
- चाँदीको ठेकी सेउलाको बिर्को = मूला
Sunday, June 26, 2011
Saturday, June 25, 2011
Surkhet
शिर्षक अक्षर
सुर्खेत नेपालको एक जिल्ला हो। यो जिल्ला नेपालको पहाडमा पर्दछ। बाह्र बण्डाल १८ खण्डालको नामले परीचित यो क्षेत्र २०१६ साल पहिला दैलेख जिल्ला अन्तर्गत रहेकोले यसको छुट्टै अस्तित्व थिएन।
[सम्पादन गर्ने]सुर्खेत नाम रहनुको आधार
- सुर्खेतको पूर्बी भेगबाट भेरी र पश्चिमबाट कर्णाली नदी बगेर यस क्षेत्रलाई सुरक्षित राखेकाले यसको नाम सुर्खेत रहन गएको भन्ने पाइन्छ ।
- सुर्खेत उपत्यकाको खेतमा सिरु एक प्रकारको झार धेरै पाइने भएकाले सिरु-खेतबाट सुर्खेत नाम रहन गएको भन्ने पाइन्छ ।
- सुर नामका देबताले सुर्खेत उपत्यकाको पानी बाहिर फाली बस्ति बसालेकोले सुर्खेत नाम रहन गएको अनुश्रुति पाइन्छ ।
[सम्पादन गर्ने]भौगोलिक अवस्था
- अक्षांश: देखि सम्म
- देशान्तर: देखि सम्म
- क्षेत्रफल: २४५१ वर्ग कि.मी.
- औसत लम्बाइ: ………।
- औसत चौडाइ: ………॥
- शहरी क्षेत्रफल: ३४ वर्ग कि.मी.
- ग्रामीण क्षेत्रफल २४१७ वर्ग कि.मी.
[सम्पादन गर्ने]सीमाना
- पूर्व - सल्यान
- पश्चिम - डोटी अछाम
- उत्तर - अछाम दैलेख जाजरकोट
- दक्षिण - कैलाली बर्दिया
[सम्पादन गर्ने]भौगोलिक स्थिति
- महाभारत श्रृङ्खला: यस क्षेत्रले जिल्लाको लगभग ४३% भू-भाग ओगटेको छ । यो भू-भाग उत्तरी भेगमा समुन्द्र सतहबाट लगभग १०००-२३६७ मीटरसम्मको उचाइमा पर्दछ ।
- मध्य-मैदानी: उपत्यका तथा पहाडी क्षेत्र - यस क्षेत्रले जिल्लाको लगभग ४२% भू-भाग ओगटेको छ । यो भू-भाग जिल्लाको मध्य भागमा समुन्द्र सतहबाट लगभग २५०-१००० मीटरसम्मको उचाइमा पर्दछ ।
- चुरीया श्रृङखला- यस क्षेत्रले जिल्लाको लगभग १३% भू-भाग ओगटेको छ । यो भू-भाग दक्षिणी भेगमा समुन्द्र सतहबाट लगभग १०००-१५०० मीटरसम्मको उचाईमा पर्दछ ।
[सम्पादन गर्ने]प्रमुख नदी
मूख्य नदी भेरी र कर्णाली र सहायक नदी /खोलाहरु - झुप्रा खोला चिङ्गाड खोला गोचे खोला सोत खोला आदी ।
[सम्पादन गर्ने]ताल/तलैया
बुलबुले ताल
[सम्पादन गर्ने]प्रमुख धार्मीक क्षेत्र
देउती बज्यै मन्दिर, लाटिकोइलीको शिव मन्दिर, शिद्वपाइला, गणेश चोकको शिव मन्दिर, गणेश मन्दिर, कालीका मन्दिर, कृष्ण मन्दिर, इत्रामको शिवालय, उत्तरगंगा जलेश्वर मन्दिर, छिन्चुको देउती बज्यै मन्दिर आदी
[सम्पादन गर्ने]पर्यटकीय क्षेत्र
बराह ताल, चमेरो गुफाविजौरा कर्णाली नदि र्याफटीङचौकुखानी पन्चपुरी मन्दिर
काक्रे बिहार, बुलबुले उद्यान आदी
[सम्पादन गर्ने]व्यापारिक महत्वका स्थान
बीरेन्द्र नगर बजार, छिन्चु बजार, रामघाट बजार, बड्डिचौर बजार, बाबियाचौर, गुठु बजार आदी ।
Subscribe to:
Posts (Atom)