Thursday, November 3, 2011

अचम्म छ बा...

तास सम्वन्धी रोचक जानकारी

तास भनेर हामी तासलाई हेला गर्छौ, साँचो कुरा चाही तासलाई जुवाको रुपमा प्रयोग गरेर यसको दुरुपयोग गरेको हो, तासको वास्तविकता यस्तो छ । यसमा चार रङ छन । यि रङहरुको अर्थ यसप्रकार छ्:- 
* पाना रङ रातो हुन्छ । यो वसन्त ऋतुको प्रतिक हो । 
* चिडिया रङ कालो हुन्छ । यो ग्रीष्म ऋतुको प्रतिक हो । 
* ईटा रङ रातो हुन्छ । यो शरद ऋतुको प्रतिक हो । 
* भोटे रङ कालो हुन्छ । यो शित ऋतुको प्रतिक हो । 
अर्थाथ :- तासको चार वटा चिन्ह वर्षका चार ऋतुहरु वसन्त्, ग्रीष्म्, शरद्, शित का प्रतिक हुन । 
एक पत्ती तासले एक हप्ता जनाउँछ । एउटा चिन्ह भएको तासको १३ वटा पत्तीहरु हुन्छन । एक ऋतुमा तीन महिना अर्थाथ १३ हप्ता हुन्छ । तासको चार वटा चिन्ह पाना, चिडिया, ईटा, भोटे र सबै पत्ती गन्दा अर्थाथ एक गडडिमा तास गन्दा ५२ पत्ती हुन्छ र एक वर्षमा ५२ हप्ता हुन्छ । एकका देखी बादशाह सम्मको १३ वटा पत्तिको दुबै फुट्टी गन्द ९१ हुन्छ । १३ हप्तामा ९१ दिन हुन्छ । १३ चौको बाउन्न हप्तामा ९१ चौको ३६४ दिन भयो । ५२ हप्ताको १ वर्ष र १ वर्षम ५२ साता ३६४ दिन हुन्छ । ५२ पत्ती तासमा जम्मा २ वटा जोकरहरु हुन्छ । ति जोकरहरु जतापनी मिल्छन । माथी भने अनुसार ५२ हप्ताको ३६४ दिन भयो । एक वर्षमा ३६५ पुप्याउँनु जुन हप्तामा वा जुन महिनामा १ दिन थप्नु पर्छ त्यो थप्ने काम एउटा जोकरले गर्छ । Leap Year अधिक वर्ष मा ३६६ दिन हुन्छ । प्रयोग हुन बाकी रहेको एउटा थप जोकरा Leap Year को लागी हो । 
एकिनसाथ तिथि-मिती भन्न नसके पनि तासको आविस्कर धेरै पहिले चिनमा भएको थियो भन्ने भनाइ छ । के भनिन्छ भने त्यसबेला चिनको वादशाहका धेरैवटी रानिहरु हुनेगर्थे , अरे । उनिहरुलाई दरबारको खोपी वाट वाहिर निस्कन दिदैन थियो अरे । अनि ति रानिहरुले दिन्, महिना ऋतु, चालपाउन क्यालेन्डरको रुपमा तासलाई प्रयोग गर्थे अरे । अहिले हामी तासको जुन रुप देख्छौ त्यो चाहिँ धेरै समय बिताई धेरै देश बिदेश डुली बनेको परिमार्जित रुप हो । 
____________________________________________________

अचम्मको कुरा

१.सुन्ने शक्ति
यस पृथ्वीमा भएका प्राय सबै प्राणिहरु कानले सुन्ने गर्दछन । तर कृकेट्स नामक जिव घुडाले सुन्द्छ भन्ने सिकडा नामक समुन्द्री जिव पेट्ले सुन्ने गर्दछ ।
___________________________________________________

२.कछुवलाई मृत्युदण्ड
हत्याको अभियोगमा जुलाई 1981 मा एक कछुवालाई मृत्युदण्ड्को सजाए सुनाइएको थियो । द्क्षीणि अफ्रीका को क्यासिनको एक गाउँमा त्यहाँका आदिवासिहरुको ६ जना मानिसको हत्याको शंकामा एक कछुवालाई दोषी ठहप्याएको थियो । उनिहरुको विश्वास थियो कि कुनै जादुद्रारा कछुवाले नै ति मानिस हरुलाई मारेको हुनु पर्दछ । त्यो कछुवालाई साङ्लोद्रारा रुखमा बाँधियो पछी सरकारले त्यो मृत्युको जाँच गर्ने कसम खाएपछी मात्र उक्त कछुवालाई मुक्त गराइ जीवनदान दिएको थियो ।
___________________________________________________


३.दुई प्रकार को दुध
पोथी रातो कंङगारू एकै समयमा आफ्नो स्तन वाट दुइ प्रकारको दुध दिने गर्दछ । यस्तो प्रकारको कंङगारू प्राय अष्ट्रेलियामा पाइन्छ ।
___________________________________________________
३.भाले आमा
जन्तु जगतमा समुद्री घोडा एक यस्तो प्रजाती हो, जसमा भालेले वँच्चा जन्माउँछ वास्तवमा भालेको पेटमा एक प्रकारको थैली हुन्छ । जहाँ पोथिले निकालेको अण्डा भालेले राख्दछ । जव ति अण्डाहरुबाट वच्चा निस्कन्छ्न तव यस्तो लाग्छ कि भालेले वच्चा जन्माउँदो रहेछ ।
___________________________________________________
४. सर्वाधिक टाटु
न्युजिल्यान्डका लक्की डाइमण्ड रिच को शरिरमा सर्वाधिक टाटु भएका व्यक्ती हुन । उनको शरिर मा छाला देखिने भागभरी टाटु छ । उनको आफ्नो शरिरमा १ सय भन्दा बढी टाटु आटिस्ट्को सहयोगमा १ हजार भन्दा बढी घन्टा खर्चेर टाटु खोपाएका हुन । 
___________________________________________________
५.सबैभन्दा लामो रोष्ट
मेक्सिकोमा वार्षिक रुपमा आयोजना हुने रोष्ट डि रियास महोत्सवमा यो वर्ष तयार पारिएको रोष्ट अहिले सम्मकै सवार्धिक लामो मानियो । ६ सय २० मिटर लामो रोष्ट १२ हजार किलोग्रामको थियो । उक्त परिकार २ लाख ५० हजार व्यक्तिलाई खान दिइएको थियो ।
___________________________________________________
५.तिब्र गतिको पौडि
सबैभन्दा तिब्र गतिले पौडी खेल्न सक्ने मनिसले प्रतिघन्टा सढे ९ किलोमिटर दुरी पार गर्न सक्छ भने सोही समयमा डल्फिन्ले ५६ किलोमिटर दुरी पार गर्न सक्छ ।
___________________________________________________
६.मुसा
पानी नपिई लामो समय सम्मा वाँच्चने प्राणी उटँलाई मनिए पनि अनुसन्धानले उटँभन्दा मुसा लामो समय सम्म पानी नपिई वाँच्न सक्ने देखाएको छ ।
___________________________________________________
७.बढी तौलको मस्तिष्क
मनिसको मस्तिष्कको तौल सरदर १ हजार ३ सय ७५ ग्राम हुन्छ । रुसका उपन्यासकार तुर्गनेमको मस्तिष्कको तौल २ हजार २१ ग्राम थियो । 

No comments:

Post a Comment