Sunday, June 26, 2011


  • अकासको आगो पतालको पानी मुख बाट ताने नाक बाट जाने = हुक्का तानेको।
  • अजङ्गे बाबु, बझाङे छोरो, कालो नाती सेतो पनाति = कटुसको फल।
  • आमा छाद्छे, छोरी खान्छे-गाग्रीबाट लोटामा पानी सारेको।
  • आमाको रगतमा छोरी पकाइ खान्छु के हो? =तोरीको तेलमा तोरीकै साग पकाएको
  • एक खुट्टे धामी थरथरी कामी-जूको।
  • खाउँ रोटी खाइ नसक्नु, दाउँ बहर दाई नसक्नु, टेकौं लौरो टेकिनसक्नु, -घाम, बाघ सर्प।
  • तीन भाइको एउटै पगरी-ओदान।
  • धार्नी बिसौली दुई हातले उचाली-टोपी।
  • नखाउँ भने दिनभरको सिकार खाउँ भने कान्छा बाउको अनुहार = बाँदरको सिकार।
  • नाङ्लो भरी सुपारी, गन्नै नजान्ने व्यापारी = जून तारा।
  • बीस तत्त्व एउटै घाउ यति कथा नजाने मुसा पोली खाऊ-गोरू जोतेको।
  • भुईंमा इऊँ इऊँ टिपी ल्याउनेलाई सय रूपियाँ दिऊँ-छायाँ।
  • यहाँ नाई त्यहाँ नाई बनियाँको बजारमा नाई, खोजि गए पाईदैन आईगए चाईदैन के हो?= भुँईचालो
  • लिखितिखी लिखितिखी आमा भन्दा छोरी तिखी-जीरे खुर्सानी।
  • लेककी चरी औलामा झरी च्यापमा परी भुतुक्कै मरी-जुम्रा मारेको।
  • वरपर गुट्टी माझमा घ्वाईं, यति कथा नजान्ने स्यालको ज्वाईं। के हो? = दाँत जीभ्रो।
  • वारी भर्याीङ पारी भरया तेरो बाउको लुते करङ-बाँसको फड्के (पूल)
  • सेती गाई पानी खान गई फर्केर आउँदा राती भई = सेलरोटी पकाएको।
  • सेतो मान्द्रो कालो बिस्कुन मुखबाट तान्दा नाकबाट निस्कुन् = चुरोट खाएको।
  • हस्तबीरले सिंगबीरलाई पछार्योु-सिँगान फ्याँकेको।
  • माथिबाट आए सिंह राज शाही, तलबाट आए पाँचै भाई, सिँह राज शाहीले पछराई पाई के हो? =सिँगान फालेको
  • लाटोले बाटोमा फाल्छ, बाठोले खल्तिमा हाल्छ के हो? =रुमालले सिँगान पुछेको
  • तामे नल फलामे फल के हो? = फापर
  • चाँदीको ठेकी सेउलाको बिर्को = मूला

No comments:

Post a Comment